जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • लगानी बोर्डले स्वीकृत गर्यो एक खर्ब ८५ अर्बको लगानी..?

लगानी बोर्डले स्वीकृत गर्यो एक खर्ब ८५ अर्बको लगानी..?

लगानी बोर्डले विभिन्न सात परियोजनाका लागि एक खर्ब ८५ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त लगानी स्वीकृत गरेको हो। लगानी स्वीकृत भएकामा पाँचवटा जलविद्युत आयोजना र दुई सिमेन्ट उद्योग परियोजना रहेका छन्।
बैठकले अपर मर्स्याङदी हाइड्रोपावर २ परियोजनाका लागि ७८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ। आयोजना ३२७ मेगावाटको हो। यस्तै, ४२.९ मेगावाटको आँखुखोला हाइड्रोपावर परियोजनाका लागि ६ अर्ब ३० करोड, म्याग्दी खोला हाइड्रोपावरका लागि १० अर्ब ३१ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो। म्यादी खोला ५७.३ मेगावाटको परियोजना हो।
यस्तै, बैठकले ९७.२ मेगावाटको इसुवा खोला हाइड्रोपावर लागि १३ अर्ब ५७ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ। निर्णय अनुसार १६४ मेगावाटको कालीगण्डकी गर्ज हाइड्रोपावरका लागि २८ अर्ब ६ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ।
यस्तै, बैठकले दाङ सिमेन्ट इन्डष्ट्रिज परियोजनाका लागि ३२ अर्ब ५० करोड रुपैयाँ र सम्राट सिमेन्ट इन्डष्ट्रिजको १५ अर्ब ५ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।
बैठकले बाँके कोहलपुर र कपिलवस्तुको वाणगंगामा सञ्चालन हुने २० मेगावाट स्टोरेज क्षमतासहित १२५ मेगावाटका छुट्टाछुट्टै सौर्य उर्जा परियोजना सार्वजनिक निजी साझेदारीमा विकास र सञ्चालन अध्ययनको जिम्मेवारी रिसेन इनर्जी सिंगापुरलाई सर्वेक्षण अनुमति दिएको छ।

15125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका