जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • चुनाव जितेर गोल्छा टिमकै सदस्य बन्छु

आर्थिक विशेष

चुनाव जितेर गोल्छा टिमकै सदस्य बन्छु

चन्द्र ढकाल

चुनाव जितेर गोल्छा टिमकै सदस्य बन्छु

नेपाल उद्योग वाणिज्य महासंघको चुनावका लागि बरिष्ठ उपाध्यक्षसहितका पदमा चन्द्र ढकालले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यो प्यानलबाट ढकाल बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार हुनेछन् ।

उनले आफ्नो प्यानल विजयी हुने दावी पनि गरेका छन् । ढकाल समूहले बुधबार कार्यक्रम गरेर प्यानल घोषणा गरेको हो ।

ढकालले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्का प्यानललाई सहयोग गर्न खोजेको भन्नेतर्फ संकेत गर्दै चुनाव जितेर गोल्छाकै टिमको सदस्य हुने बताए । यद्यपि उनले गोल्छाको भूमिकाको विषयमा भने असन्तुष्टि जनाएका छन् ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्नुपर्छ भन्ने पक्षमा आफू उभिएको भन्दै उनले आफूले यस विषयमा नलागेको भए अवस्था फरक हुने बताए । गोल्छाले बरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार किशोर प्रधान समूहलाई सर्मथन गर्ने संकेत गरिसकेका छन् । ढकालले भने गोल्छालाई विगत सम्झन भनेका छन् ।

‘म शेखरजीलाई एउटा प्रश्न सोध्न चाहान्छु, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था केको लागि गरियो ?’ उनले भने, ‘वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने विषयमा म उभिएको हो, नउभिएको भए थाहा छैन अवस्था के हुने थियो ।’

ढकाल हाल महासंघको उपाध्यक्ष हुन् । ढकाल समूहबाट जिल्ला-नगरउपाध्यक्षमा गुणनिधि तिवारीलाई उठ्दैछन् । उनी हाल महासंघको प्रदेश ५ कमिटीको अध्यक्ष छन् ।

वस्तुगत उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ नै दोहोरिने भएका छन् । यसैगरी एशोसिएट उपाध्यक्षमा ढकाल समूहले रामचन्द्र संघईलाई उम्मेदवार बनाउने भएको छ ।

7965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका