जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • कामना सेवा र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता

कामना सेवा र सिद्धार्थ बैंक बीच विप्रेषण सम्बन्धी सम्झौता

कामना सेवा विकास बैंक लि. र सिद्धार्थ बैंक लि.का बिच विप्रेषण सम्बन्धी कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी सम्झौता सम्प्।न्न भएको छ ।

यस सम्झौता पछि ग्राहकहरुले अझै सहजरुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने दुबै बैंकले विस्वास लिएका छन ।

कामना सेवाका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा सिद्धार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

“प्रगतिको आधार कामना सेवा सँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले ब्द्यABBS, SMS Banking, Mobile Banking, C-ASBA, अनलाईनबाट खाता खोल्ने र कर्जा आवेदन जस्ता विभिन्न माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

12030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?