जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एनएमबि ५० को शेयर लगानी नेपाल लाइफमा सबैभन्दा धेरै

एनएमबि ५० को शेयर लगानी नेपाल लाइफमा सबैभन्दा धेरै

एनएमबि ५० को असोजमसान्तसम्ममा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) १० रुपैयाँ ९८ पैसा कायम भएको छ । फण्डको न्याभ अघिल्लो महिनाको तुलनामा४५ पैसाले कम हो । अघिल्लो महिनामा फण्डको न्याभ ११ रुपैयाँ ४१ पैसा रहेको थियो । फन्डले गत वर्षको मुुनाफाबाट इकाइधनीलाई दिएको ५ प्रतिशत नगद लाभांश पश्चात्  मूल्य समायोजन गर्दा न्याभ घटेको फण्डले जनाएको छ ।

फण्डमा सूचीकृत कम्पनीको सेयरमा लगानी ९९ करोड ३२ लाख ६४ हजार रुपैयाँ पुगेको छ । यो भदौ महिनाको भन्दा १२ करोड ८ लाख ८८ हजार रुपैयाँ बढी हो । यस अवधिमो फन्डले ४८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा लगानी रहेको छ । यस कम्पनीको २८ हजार ११३ कित्ता सेयरमा ३ करोड ८६ लाख २७ हजार रुपैयाँ लगानी गरिएको हो ।

6295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका