जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकको १०.५३% लाभांश, ५% बोनस सेयर, सिटिजन्सको लाभांश संशोधनसहित स्वीकृत

एभरेष्ट बैंकको १०.५३% लाभांश, ५% बोनस सेयर, सिटिजन्सको लाभांश संशोधनसहित स्वीकृत

एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकले गत वर्षको मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत (लाभांश करसहित) नगद लाभांश घोषणा गरेको हो।

बैंकको अहिले चुक्ता पुँजी ८ अर्ब ४७ करोड रुपैयाँ छ। बोनस सेयरले ४० करोड रुपैयाँ पुँजीको जोहो हुनेछ। बैंकले पोहोरको भन्दा बोनस सेयर नघटाए पनि कुल लाभांश घटाएको छ।

कोभिडका कारण बैंकहरुको नाफा प्रभावित भएको छ भने राष्ट्र बैंकले पनि लाभांश वितरणमा अंकुश लगाएको छ। बैंकले गत वर्ष ५ प्रतिशत बोनस सेयरसहित २५ प्रतिशत कुल लाभांश दिएको थियो। त्यस अघिको वर्ष २० प्रतिशत नगद मात्र दिएको थियो।

यता सिटिजन्स बैंकको लाभांशलाई राष्ट्र बैंकले स्वीकृत गरेको छ। राष्ट्र बैंकले सिटिजन्सले घोषणा गरेको लाभांशलाई थोरै संशोधनसहित स्वीकृत गरेको हो।

बैंकले ७.७ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत घोषणा गरेको थियो। राष्ट्र बैंकले बोनस सेयर बढाएर ८ प्रतिशत र नगद घटाएर ३ प्रतिशत पुर्‍याइदिएको छ। अब बैंकले संशोधित लाभांश साधारणसभामा लैजाने छ ।

8705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका