जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एकजना पक्राउ

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप एकजना पक्राउ

कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पुर्‍याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका एकजना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको रुविभ्याल्ली गाउँपालिका–१ घर भएका खम्ब घले छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको एसपी ईश्वर कार्कीले बताए । उनका अनुसार करिब ५ करोड रुपैयाँ रकम चोरिएको प्रकरणमा उनले समेत पैसा निकालेको पाइएको छ ।

यसअघि घटनामा श्रवणकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ लगायत पक्राउ परिसकेका छन् । घलेलाई जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइएको छ र अब संगठित अपराध सम्बन्धी कसुर अन्तरगत थप अनुसन्धान हुनेछ ।

5950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?