जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुद्वारा २ सातामा १५ अर्ब कर्जा प्रवाह

वाणिज्य बैंकहरुद्वारा २ सातामा १५ अर्ब कर्जा प्रवाह

वाणिज्य बैंकहरुले दुई साताको अवधिमा १५ अर्ब कर्जा प्रवाह गरेका छन् । निषेधाज्ञाबीच बैंकहरुले दिने अत्यावश्यक बाहेक कर्जा सेवा हट्दा समेत दुई साताको अवधिमा १५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो ।
यसअघि वैशाख ३० गते नेपाल बैंकर्स संघले विज्ञप्ति निकालेर ५ वटा अत्यावश्यक सेवाहरुमात्र बैंकमा सीमित शाखा खोली सुचारु गरिने उल्लेख गरेको थियो । जसमा अत्यावश्यक सेवामा कर्जा प्रवाह भने राखिएको थिएन । यसबीच नै अर्थात् बैशाख मसान्तदेखि जेठ १४ गतेसम्म १५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

२७ वाणिज्यहरुले बैशाख मसान्तसम्म ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जेठको दोस्रो हप्तासम्म आइपुग्दा भने १५ अर्ब रुपैयाँले बढेर ३६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । जेठको पहिलो साता बैंकहरुले ३६ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । निषेधाज्ञा अवधिमा संघले बैंकका शाखाहरु मार्फत निम्न अनुसार खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने, रकम स्थानान्तरण , विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी सेवामात्र सुचारु गर्ने उल्लेख गरेको थियो ।

संघले ५ वटा अत्यावश्यक सेवाहरुमात्र सुचारुको विज्ञप्ति जारी गर्नु अगावै स्वीकृत प्रतित पत्र र सेयर कर्जा बैंकहरुले प्रवाह गरेको हुन सक्ने अनुमान गरिएको छ । संघका अध्यक्ष भुवन दाहाल अहिले बन्द भएको अवस्थामा पनि गएको कर्जा भनेको पहिलै खोलेको एसीहरुको भुक्तानीका कारणले आयात कर्जा गएको हुन सक्ने बताउनुहुन्छ ।

बन्दको अवस्थामा बैंकिङ प्रणालीबाट निष्काशित अधिकांश कर्जा देश बाहिरिएको उनको अनुमान छ । जेठको २ सातामा वाणिज्य बैंकहरुमा निक्षेप भने १ अर्ब रुपैयाँमात्र थप भएको छ । गत बैशाख मसान्तमा वाणिज्य बैंकहरुमा ३९ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप थियो । जेठ १४ गतेसम्म आइपुग्दा भने १ अर्ब रुपैयाँ थप भएर ३९ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ । जेठको पहिलो सातामा वाणिज्य बैंकहरुमा ३९ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप थियो ।

स्वास्थ्य क्षेत्रमा बढी

नेपाल राष्ट्र बैंकले कोभिड १९ सम्वन्धित अक्सिजन प्लान्ट, कन्सन्ट्रेटर, खोप तथा स्वास्थ्य सामग्री खरिदका लागि बैंक तथा वित्तीय संस्थाका सेवाहरु केन्द्रित गर्न निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षामा समेत स्वास्थ्य सेवा प्रदायक तथा उद्योगहरुले अक्सिजन प्लान्ट स्थापना गर्न चाहेमा आधारदरमै कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ । साथै लिक्विड अक्सिजन प्लान्ट स्थापना गर्न रु. ५० करोड तथा अक्सिजन प्लान्ट स्थापना गर्न रु २० करोडको विशेष पुनर्कर्जाको समेत व्यवस्था गरेको छ ।

यस्तो कर्जा एक वर्षका लागि प्रवाह हुने समेत बैंकले जनाएको छ । राष्ट्र बैंकले स्वास्थ्य क्षेत्रको ऋण प्रवाहमा निर्देशन दिएसँगै स्वास्थ्य क्षेत्रमा बढी कर्जा प्रवाह भएको देखिन्छ ।

4795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका