जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • साना किसान र लुम्बिनी विकासको लाभांश: दुवैको लाभांश दर घट्यो

साना किसान र लुम्बिनी विकासको लाभांश: दुवैको लाभांश दर घट्यो

साना किसान विकास बैंक र लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेका छन्। साना किसानले २६.१५ प्रतिशत र लुम्बिनीले १० प्रतिशत लाभांश घोषणा गरेका हुन्।

साना किसानले २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ भने १.३१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। साना किसानले पोहोर कुल २८.६८ प्रतिशत लाभांश वितरण गरेको थियो। पछिल्लो १० वर्षयता कम्पनीले निरन्तर नाफा वितरण गर्दै आएको छ।

कम्पनीले गत आर्थिक वर्ष ५४ करोड ८२ लाख रुपैयाँ नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा नाफा १४ करोड रुपैयाँ गरेको छ। कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ। जगेडा कोषमा २ अर्ब १० करोड रुपैयाँ छ। कम्पनीसँग सर्वसाधारणको निक्षेप एक अर्ब ६१ करोड रुपैयाँ छ।

साना किसानको सेयर मूल्य पछिल्लो पाँच वर्षयताकै उच्च १६९५ रुपैयाँसम्म पुगेको छ। पछिल्लो दुई महिनायता कम्पनीको सेयर मूल्य निरन्तर बढिरहेको छ।

लुम्बिनी विकास बैंकले ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। गत वर्ष कम्पनीले २० प्रतिशत लाभांश पारित गरेको थियो।

बैंकले गत वर्ष १८ करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा नाफा २ करोड ११ लाख रुपैयाँ छ। कम्पनीको चुक्ता पुँजी २ अर्ब ७१ करोड रुपैयाँ छ भने जगेडा कोषमा एक अर्ब ६५ करोड रुपैयाँ छ।

पछिल्लो पाँच वर्षमा बैंकको सेयर मूल्य २४४ रुपैयाँसम्म पुगेको छ।

3250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?