जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • शिखर इन्स्योरेन्सको तीन वर्षपछि बम्पर लाभांश: हकप्रदपछिको पुँजीमा २७.७६ प्रतिशत बोनस सेयर

शिखर इन्स्योरेन्सको तीन वर्षपछि बम्पर लाभांश: हकप्रदपछिको पुँजीमा २७.७६ प्रतिशत बोनस सेयर

शिखर इन्स्योरेन्स कम्पनीले ३६.१ प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीले यसबाहेक १.९ प्रतिशत नगद लाभांस दिने भएको छ।

कम्पनीले गत वर्षको नाफाबाट ३८ करोड १६ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको हो। अहिले कम्पनीको चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ छ। कम्पनीले नगद र बोनस सेयर गरेर कुल ४० करोड १७ लाख रुपैयाँ नाफा वितरण गर्न लागेको हो।

हकप्रदपछि कायम चुक्ता पुँजी एक अर्ब ३७ करोडको आधारमा यो लाभांश २९.३१ प्रतिशत हुन आउँछ। यस आधारमा बोनस सेयर २७.७६ प्रतिशत हुन्छ।

कम्पनीले पछिल्लो २ वर्षयता केही पनि दिएको थिएन। त्यसअघि ३०.५३ प्रतिशत लाभांश दिएको थियो। गत फेब्रुअरीमा ३० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो।

कम्पनीले गत वर्ष ४५ करोड रुपैयाँ नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा नाफा १२ करोड २३ लाख रुपैयाँ गरेको थियो

6110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका