जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सरकारबाट बाहिरिने रास्वपाको निर्णय

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सरकारबाट बाहिरिने निर्णय गरेको हो। तर, सरकारलाई दिएको समर्थन भने कायम राख्ने निर्णय भएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते पार्टीसभापति रवि लामिछानेलाई सांसदका लागि अयोग्य ठहर गरेको थियो। त्यसपछि उनको पार्टीले पाएको उपप्रधान एवम् गृह मन्त्रालय समेत फुत्किएको थियो।

नागरिकता पाएपछि पुनः गृह मन्त्रालय आफ्नो पार्टीलाई नै दिनुपर्ने माग गरिरहेका छन्।

तर प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालय नदिने अडान कसेपछि सरकारबाट बाहिरिने निर्णयमा पार्टी पुगेको हो।

4880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका