जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले पनि लाभांश बाँड्ने

राष्ट्रिय वाणिज्य बैंकले पनि लाभांश बाँड्ने

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सात प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

सीइओ किरणकुमार श्रेष्ठले भने:-  ‘बैंक सञ्चालक समितिले साढे तीन प्रतिशत नगदका साथै अर्को साढे तीन प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले गत वर्षबाट लाभांश वितरण गर्ने थालेको हो। अघिल्लो वर्षको नाफाबाट बैंकले पोहोर सरकारलाई चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सरकारले एक अर्ब ८ करोड रुपैयाँ पाएको थियो।

यसपाली बैंकबाट सरकारले ३१ करोड रुपैयाँ नगद पाउने छ भने ३१ करोड रुपैयाँको सेयर पाउने छ। सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढ्ने छ। अहिले चुक्ता पुँजी ९ अर्ब ४७ लाख रुपैयाँ छ। अब पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ पुग्ने छ।

बैंकमा अधिकांश सेयर सरकारको छ। एनआइडीसी विकास बैंक गाभ्दा त्यहाँ रहेका सर्वसाधारणको सेयर ०.०३ प्रतिशत छ। यी सेयरधनीले पनि बोनस सेयर पाउने छन्।

बैंकको लाभांश वितरण क्षमता ७० करोड रुपैयाँ थियो। राष्ट्र बैंकले नगद लभांशमा कडाइ गरेपछि सरकारले पनि क्षमता अनुसारको नगद नपाएको हो।

 

8115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका