जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने

आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने

एउटा बैंकको एटीएम प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा झिक्दा आजदेखि  शुल्क बुझाउनु पर्ने भएको छ ।

कोरोना महामारी शुरु भएसँगै राष्ट्र बैंकले सर्वसाधरणको सुविधाका लागि अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको थियो । तर माघ १ गतेदेखि भने शुल्क लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले निर्देशिका अनुसार एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा महिनामा २ वटा कारोबारसम्म निःशुल्क दिनुपर्ने छ भने त्यसपछि प्रति कारोबार २० रुपैयाँ शुल्क लाग्ने छ ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई पूर्व जानकारी गराएर मात्र इन्टरनेट मोबाइल, एसएमएस बैंकिङको शुल्क लिन पाउने छन् ।

6070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?