जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • दुई बैंकले निकाले चैतको नतिजा

दुई बैंकले निकाले चैतको नतिजा

कोभिड-१९ का कारण ब्याज तिर्ने समयमा दिइएको छुटका कारण बैंकहरुको आम्दानी घटेको छ।

चैत मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेका दुई बैंकको आम्दानी घटेका कारण वितरणयोग्य नाफा प्रभावित भएको हो। एनएफआरएस अनुसार, नगदमा नआएको ब्याज पनि आम्दानीमा देखाउन पाइन्छ। तर नियामकीय प्रावधान अनुसार नगदमा उठेको पैसा मात्रै छुट्टै कोषमा जम्मा हुन्छ। यसो हुँदा खुद नाफा बढे पनि वितरणयोग्य नाफा घटेको छ।

सिटिजन्स बैंक र आज प्राइम कमर्सियल बैंकले चैत मसान्तसम्मको वित्तीय विवरण मंगलबार सार्वजनिक गरेका हुन्। सरकारले चैत ११ गतेबाट लकडाउन गरेको छ।

राष्ट्र बैंकले चैत १६ गते निर्देशन जारी गर्दै, चैतको ब्याज असारमा तिरे हुने ब्यवस्था गरिदिएको थियो। यसो हुँदा अधिकांशले ब्याज भुक्तानी गरेनन्।

सिटिजन्स बैंकको खुद नाफा २ प्रतिशतले बढेर एक अर्ब ९ करोड पुगेको छ। तर वितरणयोग्य नाफा भने करिब ३३ प्रतिशतले घटेर ६१ करोडबाट ४१ करोडमा झरेको छ।

प्राइम कमर्सियलको अवस्था भने केही फरक छ। प्राइमले कैलाश विकास बैंकलाई गाभेका कारण उसको सम्पत्तिबाट आर्जित नाफा पनि जोडिएको छ। यसो हुँदा खुद नाफा ३१ प्रतिशतले बढेको छ। वितरणयोग्य आम्दानी ६४ करोड रुपैयाँ छ। कैलाश र प्राइमलाई छुट्याएर हेर्ने हो भने वितरणयोग्य नाफा पनि घटेको देखिन्छ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलका अनुसार, नियामकीय छुटका कारण बैंकहरुको आम्दानीमा गिरावट आएको हो। ‘यस्तो संकटका बेलामा पनि वितरणयोग्य नाफा सन्तोषजनक रहनुलाई सकारात्मक रूपमा लिनु पर्छ,’ उनले भने।

9925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?