जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सनराइज बैंकको खुद ब्याज आम्दानी ११ प्रतिशतले घट्यो

सनराइज बैंकको खुद ब्याज आम्दानी ११ प्रतिशतले घट्यो

चालु आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा सनराइज बैंक Sunrise Bank Limited  को खुद नाफा ०.५३  प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा ९४ करोड ४३ लाख रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा बढेर ९४ करोड ९४ लाख  पुगेको हो ।

बैंकको खुद ब्याज आम्दानी ११.३१ प्रतिशतले घटेर १ अर्ब ८१ करोड कायम भएको छ । यस अवधिमा  बैंकको वितरणयोग्य नाफा २१ करोड ३३ लाख रहेको छ ।

बैंकको निक्षेप २.४२ प्रतिशतले बढेर ९२ अर्ब ४० करोड पुगेको छ भने कर्जा प्रवाह ७.३४ प्रतिशतले बढेर ९० अर्ब २२ करोड पुगेको छ ।  ९ अर्ब ४८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा ४ अर्ब ७१ करोड रहेको छ ।

त्यस्तै बैंकको खराब कर्जा १.६९ प्रतिशतबाट घटेर १.०६ प्रतिशत कायम भएको छ । यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २०.०१ रुपैयाँ, प्रति शेयर नेटवर्थ १४९.६७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.४९ प्रतिशत, बेस रेट ७.२९ प्रतिशत, स्प्रेड दर ४.१ प्रतिशत, कोषको लागत ५.१४ प्रतिशत, सिसिडि ७७.१८ र पुँजी पर्याप्तता अनुपात १४.५३ रहेको छ ।

6200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका