जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी

वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी

बुधबारबाट आन्तरिक उडान सेवा ठप्प पार्ने निर्णय घोषणा गरेपछि वायुसेवा संचालक संघ (आओन) का अध्यक्ष रामेश्वर थापामाथि पक्राउ पुर्जी जारी हुने भएको छ।

यति मात्र नभएर क्यानले बुधबार उडान नगर्ने वायुसेवा कम्पनीहरुको वायुसेवा संचालन अनुमति (एओसी) समेत खारेज गर्ने बताएको छ।

नागरिक उड्डयउन प्राधिकरण (क्यान) ले यसका लागि आकस्मिक बैठक बसेर निर्णय गर्ने तयारी गरेको क्यानका एक उच्च अधिकारीले बताए।अत्यावश्यक सेवामा पर्ने हवाई यातायात ठप्प पार्ने आओनले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि क्यानले यो कदम चाल्न लागेको स्रोतले बतायो।

‘नियमित उडान नै बन्द गर्ने वातावरण सिर्जना गरेको कारण प्राधिकरणको ऐन बमोजिम संघका अध्यक्षलाई पक्राउ पुर्जी जारी गर्न लागिएको हो।यसरी उडान नै बन्द गरेर सर्वसाधरणको दैनिकी नै तहसनहस पार्न त भएन नि,’ ती अधिकारीले बिजमाण्डूसँग भने, ‘भोलि उडान नगर्ने कम्पनीको एओसी खारेज गर्ने समेत तयारी  गरेका छौँ।’

आन्तरिक उडान सेवा दिँदै आएका वायुसेवालाई बेस व्यवस्थापन  न्यायोचित र समन्वयात्मक नभएको भन्दै  मङ्गलबार वायुसेवा संचालक संघले नियमीत र उद्धार उडान नै अनिश्चित कालका लागि बन्द गर्ने घोषणा गरेको थियो। नागरिक उड्डयन प्राधिकरणले भने सर्जवसाधरणको जनजीवनमा आँच आउने काम भएमा कारवाही अगाडी बढाउने  चेतावनी दिएको थियो।

गृह मन्त्रालयले जेठ २६ गते राजपत्रमा सूचना प्रकाशित गर्दै हवाई सेवालाई अत्यावश्यक सेवामा समावेश गर्दै हड्ताल गर्न निषेध गरेको छ।

सरकारले आवश्यक सेवा संचालन ऐन, २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गर्दै हवाई अड्डा वा हवाई जहाजको रेखदेख, त्यसको संचालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न निषेध गरेको छ।

1825
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?