जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै एनबि ग्रुप

एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै एनबि ग्रुप

पछिल्लो समय विवादमा धेरै तानिँदै आएको एनबि ग्रुपले एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

ग्रुपले विभिन्न कम्पनीको नाममा रहेको २५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न एनसीसी बैंकलाई भने अनुरुप शेयर बिक्रीको सूचना सार्वजनिक भएको छ । ग्रुपले विभिन्न ६ वटा संस्थाका नाममा रहेका शेयरमध्ये २५ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

ग्रुपबाट शेयर बिक्री गर्ने निर्णय सहित आएका कागजातका आधारमा बैंकले संस्थापक शेयर बिक्री गर्ने प्रकृया अघि बढाएको छ ।

कम्तीमा १४० रुपैंया प्रतिकित्ताको दरले कम्तीमा एक हजार कित्ता शेयर खरिदका लागि लिलामीमा आवेदन दिनु पर्ने हुन्छ । आगामी फागुन २ गतेदेखि ७ कार्यदिनसम्म आवेदन दिने समय तोकिएको छ । बैंकको उक्त शेयर बिक्रीको काम सनराइज क्यापिटलले गर्नेछ ।

एनबि ग्रुप नेपाल प्रालि, सांग्रिला इन्भेष्टमेन्ट प्रालि, एनबि इन्भेष्टमेन्ट प्रालि, मानाङ्क इन्भेष्टमेन्ट, दोलखा भीमसेन इन्भेष्टमेन्ट र हिमालयन क्यापिटलको स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागिएको हो ।

10550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?