जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हिमालयन बैंकले ६४ करोड ७५ लाख रुपैयाँमा प्रिमियम थपेर एफपिओ ल्याउने

हिमालयन बैंकले ६४ करोड ७५ लाख रुपैयाँमा प्रिमियम थपेर एफपिओ ल्याउने

हिमालयन बैंकले प्रिमियम मूल्यमा फर्दर पब्लिक अफरिङ (एफपिओ) ल्याउने भएको छ । चुक्ता पुँजीमा सर्वसाधारणको सेयर स्वामित्व ३० प्रतिशत पुर्याउनका लागि बैंकले एफपिओ ल्याउन लागेको हो ।

हाल बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३२ रुपैयाँ छ । उक्त पुँजीको २.९९ प्रतिशत अर्थात् ६४ करोड ७५ लाख ३२ हजार ८ सय ७ रुपैयाँमा प्रिमियम थपेर एफपिओ ल्याउन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।

चुक्ता पुँजीको ३० प्रतिशत सेयर स्वामित्व सर्वसाधारणको हुनुपर्ने कानूनी व्यवस्था भए पनि हिमालयन बैंकमा भने त्यो लागू नभएको भन्दै आलोचना हुँदै आएको थियो ।

‘हिमालयन बैंकका संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात कायम गर्न प्रिमियम मूल्यमा थप एफपिओ निष्कासन गर्न लागेका हौं,’ राणाले क्लिकमान्डुसँग भने ।

बैंकले एफपिओ निष्काशनको प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको छ । बैंकले यही पुस २९ गते बोलाएको साधारणसभाको प्रस्तावमा भनिएको छ ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को दफा ९ मा व्यवस्था भए बमोजिम बैंकको कुल पुुँजीमा आवश्यक सर्वसाधारण सेयरधनी सेयर अनुपात कायम गर्नका लागि साधारण सेयर थप सार्वजनिक निष्काशन गर्ने । थप सार्वजनिक निष्काशन हुने साधारण सेयरको संख्या निर्धारण गर्न र सो को अंकित मूल्यमा प्रिमियमसमेत थप गरि जारी हुने सेयरको प्रिमियमसहितको मूल्य निर्धारण गर्न, थप सार्वजनिक निष्काशन गरिसकेपछि बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम जारी तथा चुक्ता पुँजी कायम गर्न र थप सार्वजनिक निष्काशन भएपश्चात् बैंकको साधारण सेयरधनी समूहको स्वामित्व प्रतिशत वृद्धि हुने र संस्थापक सेयरधनी समूहको स्वामित्व प्रतिशत घट्ने भएकाले सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यक संशोधन गर्ने तथा सो सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने,’ साधारणसभा बोलाइएको सूचनामा भनिएको छ ।

साधारणसभाले पारित गरेपछि धितोपत्र बोर्डमा प्रिमियमा एफपिओ निकाल्न आवेदन दिने सीइओ राणाले बताए ।

यस्तै सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस २० गते बुक क्लोज गर्ने जनाएको छ । पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् । यो पटक बैंकले लाभांश भने नदिने भएको छ ।

785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका