जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणा

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणा

सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ। २०७६ असोजमा ग्लोबल आइएमई बैंकबाट उनी सनराइज बैंक सरेकी थिइन्।

ग्लोबल आइएमईमा उनी सहायक महाप्रबन्धक (एजीएम) थिइन्। एक पद वढुवा भएर उनी सनराइजमा गएकी थिइन्। सनराइजले आइतबार उनलाई नायव प्रमुख कार्यकारी अधिकृत बनाएको हो।

नायव प्रमुख कार्यकारी पद रिक्त थियो। राणाले ग्लोबलमा १२ वर्ष बिताएकी थिइन्।

राणा ‘कर्पोरेट मार्केटिङ’ मा अब्बल मानिन्छिन्। एभरेष्ट बैंकबाट म्यानेजमेन्ट ट्रेनीका रुपमा बैंकिङ करियर सुरु गरेकी उनले त्यहाँ पाँच वर्ष बिताएकी थिइन्।

त्यसपछि उनी ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा छिरेकी थिइन्। उनले एसआइबिएम पुनेबाट एमबिए गरेकी छिन्।

5055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका