जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले नेपाल मेडिसिटी वयोधा हस्पिटलमा १० प्रतिशत छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले नेपाल मेडिसिटी वयोधा हस्पिटलमा १० प्रतिशत छुट पाउने

सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र पर्सास्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्र अनुसार सिटिजन्स् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले नेपाल मेडिसिटी वयोधा हस्पिटलको सेवा शुल्कमा १० प्रतिशत सम्मको छुट पाउने छन्।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।

2920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका