जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई द बर्गर हाउसमा विषेश छुट

कुमारी बैंकका ग्राहकलाई द बर्गर हाउसमा विषेश छुट

कुमारी बैंक लिमिटेड र चाँदनी चोक, बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा कुमारी बैंक लि.,बनेपा शाखाकी शाखा प्रबन्धक नविना वैद्य र द बर्गर हाउसका प्रोप्राइटर अर्जुन तामाङले हस्ताक्षर गरेका छन । सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले बनेपास्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा ८ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागि विश्राम अत्यावश्यक रहेको छ । सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत द बर्गर हाउसका विभिन्न सेवाहरुमा बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

4295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका