एशियन लाइफ इन्स्योरेन्स कम्पनीले “मेरो सुरक्षा कवच“ नाराको साथ आकर्षक एवम् नविनतम जीवन बीमा योजना “एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा” सार्वजनिक गरेको छ ।
कम्पनीको प्रधान कार्यालयमा आज संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठलगायतको उपस्थितिमा बीमा योजना सार्वजनिक गरिएको हो । यस बीमा योजना अन्तर्गत १६ वर्षदेखि ६४ वर्ष उमेरसम्मको व्यक्तिले न्यूनतम २५ रुपैयाँदेखि अधिकतम आफ्नो आय श्रोतको आधारमा बीमाङ्क रकम चयन गर्न सक्नेछन् ।
न्यूनतम १ वर्षदेखि अधिकतम १५ वर्षसम्मको लागी जारी हुने यस बीमा योजना अन्तर्गत बीमाशुल्क भुक्तानीको लागी एकल,नियमित र सीमित भुक्तानीमध्ये कुनै एउटा विकल्प रोज्न सकिने कम्पनीले जनाएको छ । यसले गर्दा बीमाशुल्क भुक्तानीमा बीमितलाई सहजता हुने कम्पनीको दावी छ ।
यस योजना अन्तर्गत बीमा अवधिभित्र बीमितको निधन भएमा बीमांक रकम भुक्तानी दिइनेछ । बीमा अवधिभित्र बीमित जीवितै रहेको अवस्थामा कुनै पनि रकम प्रदान गरिनेछैन । यस योजनामा ऐच्छिक सुविधामा दाह संस्कार खर्च ,दुर्घटना मृत्यु लाभ,दुर्घटना मृत्यु लाभ र स्थायी अपाङ्ग÷अशक्त सुविधा बीमाशुल्क छुट सुविधा लिन सकिने छ ।
एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा योजना सार्वजनिक गरेको आजकै दिनमा उक्त योजना अन्तर्गत देशभर रहेका ४० वटा शाखा कार्यालयहरुबाट ५,३०१ वटा म्यादी बीमालेखहरु एकै दिनमा जारी गरिएको छ ।
५ अर्ब रुपैयाँ अधिकृत पूँजी, र२ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको २०७७ पुस मसान्तसम्म जीवन बीमा कोष २४.७१ अर्ब रुपैयाँ रहेको छ । साथै कम्पनीले पुस मसान्तसम्ममा ३.१७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।