जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अर्थमन्त्री र गभर्नरको फोन वार्तापछि १६१.९४ अंकले उक्लियो सेयर बजार

अर्थमन्त्री र गभर्नरको फोन वार्तापछि १६१.९४ अंकले उक्लियो सेयर बजार

सेयर बजारले सोमबार १६१.९४ अंकको फराकिलो छलाङ मारेको छ। आइतबार १०८ अंकले घटेर बन्द भएको बजारमा सोमबार तीब्र उतारचढाबसहित २९८०.७९ अंकमाथि पुगेको छ। हिजो घटेको क्षतिपुर्ति गर्दै बजार ५३ अंक बढि उक्लिएको छ। 

६० वटा कम्पनीको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। ५.७४ प्रतिशतले बढेको बजारमा सबै कम्पनीको सेयर मूल्य बढेको छ। 

बजारमा १७५ अंकको उतारचढाब देखिएको छ। सुरुमा घटेर खुलेको बजार  लगत्तै बढेर २८८१ अंकसम्म पुगेको थियो। त्यसपछि घटेर २८०५ अंकसम्म आयो। क्रमिक रुपमा सुधार हुँदै गएको बजार २९३८ अंकसम्म पुग्यो।

त्यसपछि फेरी घटेर २८८४ अंकसम्म आएको थियो। १ बजेर ४३ मिनेटपछि फेरि उक्लिन थालेको बजार २९८० अंकमाथि पुगेर बन्द भएको हो।

तीब्र उतारचढाबका कारण लगानीकर्तामा निक्कै अन्यौल थियो। यही कारण कारोबार अपेक्षित रुपमा भने बढ्न सकेन। दिनभरीमा २२४ कम्पनीको ९ अर्ब ८२ करोड ६२ लाख रुपैयाँको किनबेच भएको छ।

सर्किट ब्रेकर लागेका ६० वटा कम्पनीमा जलविद्युत, फाइनान्स, विकास बैंक, नेपाल टेलिकम र सनराइज फर्स्ट म्युचुअल फण्ड छन्। बैंक, लघुवित्त, जीवन बीमा र निर्जीवन बीमा कुनै पनि कम्पनीको सेयरमा सर्किट लागेको छैन।

नेप्सेका अनुसार ३४ वटा जलविद्युत कम्पनी १० वटा विकास बैंक १४ वटा फाइनान्स कम्पनीको सेयरमा सर्किट लागेको छ। 

सूचक भने सर्वाधिक जीवन बीमा कम्पनीको बढेको छ। ८१७ अंकले बढेको छ। विकास बैंकको ५०३ अंकले बढेको छ भने निर्जीवनको ६४३ अंकलेब ढेको छ। बाणिज्यब क समूह पनि ७८ अंकले उक्लिएको छ। 

सुरुमा धरमराएको बजारमा अर्थमन्त्रीले सेयर बजारका बारेमा चासो राख्दै गभर्नरलाई फोन गरेको कुरा बाहिरिएपछि सूचक उक्लिन थालेको हो। त्यही बीच राष्ट्र बैंकले सेयर धितो ऋणका बारेमा प्रष्टीकरणसमेत दिएको थियो। 

4370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?