जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • महिला ट्रेकिङ्ग उधमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान

महिला ट्रेकिङ्ग उधमीहरुलाई प्रभु बैंकद्धारा सहुलियतपूर्ण कर्जा प्रदान

प्रभु बैंक लिमिटेडले आईडिया स्टुडियो नेपालसंगको सहकार्यमा सहयात्रा समृद्धिको (Partnership for Prosperity) कर्जा योजना अन्तर्गत सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउपालिका, वार्ड नं ३, फाकदिङमा विभिन्न २४ महिला ट्रेकिङ्ग उधमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ ।

बुधबार सम्पन्न एक कार्यक्रममा प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले महिला ट्रेकिङ्ग उधमीहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरी उक्त सहुलियतपूर्ण कर्जा प्रदान गरेका हुन् ।

कोभिड –१९ को मारमा परेको ट्रेकिङ्ग व्यवसाय र नियमित आय आर्जनबाट बिमुख हुन पुगेका महिला ट्रेकिङ्ग उधमीहरुलाई ट्रेकिङ्गको लागी चाहिने बन्दोबस्तिका समानहरुको जोहो गरी आफ्नो उधम व्यवसायलाई पून ः सुचारु गर्दै  जिवनस्तर सुदृढ पार्न यस कर्जाले सहयोग गर्ने बिश्वास बैंकले लिएको छ ।

9835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका