जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा १७ करोड २५ लाखमाथि

लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा १७ करोड २५ लाखमाथि

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा, जगेडा कोष र खुद दाबी भुक्तानी घटेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षमा २० करोड ४१ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत वर्ष अर्थात आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमाससम्ममा १७ करोड २५ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा कमी हो ।

समिक्षा अवधिमा कम्पनीले ५९ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जज गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १ दशमलव ८६ प्रतिशतले मात्र बृद्धि भएको छ ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ४३ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ९९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी सामान्य घटेको हो ।

१ अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २३ करोड ७७ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २४ करोड १२ लाख रुपैयाँ मात्र संचिती रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषको संचिती घटेको छ ।

यस अवधिमा कम्पनीको बीमा कोषमा ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ६४ करोड ४५ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष १३ दशमलव ८७ प्रतिशतले बढी हो ।

कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ ३९ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १८६ रुपैयाँ ७३ पैसा रहेको छ ।

3700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?