जोडिनुहोस
सोमवार, मंसिर १०, २०८१
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्स कम्पनीका अध्यक्षमा भट्टराई नियुक्त

नेको इन्स्योरेन्स कम्पनीका अध्यक्षमा भट्टराई नियुक्त

नेको इन्स्योरेन्स कम्पनीको अध्यक्षमा रोहित कुमार भट्टराई नियुक्त भएका छन् । यसअघि सञ्चालक रहेका भट्टराईलाई हिजो बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा नियुक्त गरेको हो । नेको इन्स्योरेन्स कम्पनीका निवर्तमान अध्यक्ष रमेश कुमार निरौलालाई सिफारिस गर्ने कम्पनीले फिर्ता बोलाएकोले नयाँ अध्यक्ष चयन गरिएको कम्पनीले जनाएको छ ।

नेपाल सरकारका पूर्व प्रशासक समेत रहेका भट्टराई तीन वर्ष बीमा क्षेत्रमा अनुभवी व्यक्ति हुन् । बीमाको कानुनमा बीमा समितिका अध्यक्ष सामू शपथ ग्रहण गरेपछि मात्रै बीमा कम्पनीका अध्यक्षले औपचारिक रुपमा कार्यभार सम्हाल्न सक्ने व्यवस्था छ ।

हाल बीमा समितिका अध्यक्ष आगामी पुस २३ गतेसम्म विदामा छन् । वर्तमान अध्यक्षको पदावधी समेत सोही दिन सकिने हुँदा नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढेको छैन । बीमा समितिमा नयाँ अध्यक्ष नियुक्ती भएपछि वा बिदामा बसेका अध्यक्षलाई बोलाएर शपथ ग्रहण गराउने सम्बन्धमा कुनै निर्णय नभएको बीमा समितिले जनाएको छ ।

3965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका