जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • पैसा नभएको चेक कटेर ठगी गर्ने विजय श्रेष्ठ पक्राउ

पैसा नभएको चेक कटेर ठगी गर्ने विजय श्रेष्ठ पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१६ बस्ने तार्केश्वर नगरपालिका-३ जितपुर फेदी घर भएका ५७ वर्षीय विजय कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ माघ २ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र विगो बमोजिम ९ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले  काठमाडौं काभ्रेस्थलीमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

विजय कुमारले २०७७ असार १५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कुमारी बैंक लिमिटेड, शाखा कार्यालय गोंगबुमा रहेको उनकै खाताबाट भुक्तान हुने गरी चेक काटी पीडितलाई दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा विगो बमोजिम उक्त रुपैयाँ जरिवाना ठहर गरेको थियो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

9710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका