जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • टेलिकमको साधारणसभाले लाभांश पारित गर्दै

टेलिकमको साधारणसभाले लाभांश पारित गर्दै

नेपाल टेलिकमको साधारणसभाले आज ४० प्रतिशत नगद लाभांशस पारित गर्दैछ। टेलिकमको साधारणभाले सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालक चयन पनि गर्दैछ।

यसअघि नै निर्वाचित भइसकेका अम्बिकाप्रसाद पौडेलको नियुक्तिलाई सभाले अनुमोदन गर्ने छ।

आज प्राइम बैंकले निष्काशन गरेको ऋणपत्र बिक्री बन्द हुने अन्तिम दिन हो। बैंकले २०८५ सालमा परिपक्व हुने ऋणपत्र जारी गरेको छ। यसको ब्याज ८.७५ प्रतिशत छ।

साना किसान विकास बैंकले बोलकबोलमा राखेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले ३३६८ कित्ता संस्थापक र ९०७४ कित्ता साधारण सेयर लिलामीमा राखेको छ।

यता मल्टीप्रपोजले पनि लिलामीमा राखेको सेयरमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले १७ लाख ५९ हजार ६२१ कित्ता सेयर लिलामीमा राखेको छ।

महालक्ष्मी विकास बैंकले डाकेको साधारणसभाको आज बुकक्लोज हो। आजसम्म सेयर खरीद गर्नेले लाभांश पाउने छन्। कम्पनीले ८.८० प्रतिशत बोनस सेयर र ०.४६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ। साधारणसभाले संस्थापक सेयर साधारणमा परिवर्तन गर्ने एजेण्डालाई पनि पारित गर्दैछ।

6400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका