जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • बढी मूल्यमा मास्क बिक्री गर्ने  हिमालयन हेल्थ केयर कम्पनीलाई ५० हजार रूपैयाँ जरिवाना 

बढी मूल्यमा मास्क बिक्री गर्ने  हिमालयन हेल्थ केयर कम्पनीलाई ५० हजार रूपैयाँ जरिवाना 

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सलाई आइतबार कारवाही गरेको हो ।

बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्क बिक्री गरेको पाइएपछि कारवाहीस्वरूप दुई लाख रूपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए । अनुगमनका क्रममा उक्त सप्लायर्सले प्रतिगोटा ४.४६ रूपैयाँ पर्ने मास्कलाई ८.३६ रूपैयाँसम्म बिक्री गरेको पाइएको विभागले जनाएको छ ।

उक्त सप्लायर्सलाई उपभेक्ता संरक्षण ऐन, २०७५ को दफा १६ (२) को क बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरी दफा ३८ बमोजिम कसुर गरेको पाइएपछि दफ ३९ (१) को ख बमोजिम जरिवाना गरीएको हो । पछिल्लो समय काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समयमा बजारमा अनुचित व्यापारिक कारोबार हुने भन्दै अनुगमन तीव्र पारिएको छ ।

गत बिहीबार विभागले भक्तपुरस्थित मास्क उत्पादन गर्ने हिमालयन हेल्थ केयर

कम्पनीलाई ५० हजार रूपैयाँ जरिवाना गरेको थियो । उक्त कम्पनीले बजार मूल्य नतोकी मास्क बिक्री गरेको भन्दै विभागले स्थलगत अवलोकन गरेर कारवाही गरेको हो ।

8605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका