जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सरकारप्रति लगानीकर्ताहरुको विश्वास नै छैन

सरकारप्रति लगानीकर्ताहरुको विश्वास नै छैन

शेयर बजार लगातार घट्नुको कारण के हो डा.साब ?
पहिलो कुरा लगानीका लागि राम्रो वातारण हुनुपर्छ । त्यो वातावरण अहिले छैन । मूल कुरा के हो भने नेपालमा राजनीतिक माहौल जसरी बनिरहेको छ, प्रशासन संयन्त्र तयार गरिएको छ, तिनीहरु लगानीमैत्री नै छैनन् ।

खासगरी अहिलेको सरकार आएपछि मात्रै शेयर बजार करिब २५ प्रतिशतले घटेको छ। त्यो अवस्था भनेको गम्भीर हो । पाँच वर्षका लागि निर्वाचित सरकार बनेको छ भनेपछि उसले लगानीकर्ता जगाउन सक्नु पर्ने थियो, त्यो सकेन । किनभने सरकारप्रति शेयर लगानीकर्ताको विश्वास नै भएन ।

नेपालमा लगानीको वातावरण विग्रिनुको कारण चाहि के हो ? 
नेपालमा लगानीको वातावरण बिग्रिएको विषय अन्तर्राष्ट्रिय अध्ययनहरुले पनि देखाएका छन् । विश्व बैंकले सार्वजनिक गरेको डुइङ विजनेस रिपोर्टमा नेपाल १०५ औँ स्थानबाट ११० औँ स्थानमा खस्किएको उल्लेख छ । त्यो पनि एउटा प्रमाण हो । अहिले पनि उद्योगी र व्यवसायी पनि आतंकित भइरहेको अवस्था छ । सरकार कहाँ छ । खोज्ने बेला भएको छ ।

तपाईले यति भनि रहँदा नेपालमा स्थिर सरकार छ कसरी लगानीको वातावरण बिग्रियो र डा.सा. ? 
विदेशमा जाँदा पनि लगानीकर्तालाई बोलाएर नेपालमा लगानी गर्न आउनुस् भनेर भनिरहेका छन् । कुनै पनि देशका मन्त्री÷राजदूतलाई भेट्ने बित्तिकै लगानी गर्न आउनुस् भनिरहनु भएको छ ।

तर मुखले मात्रै भनेर भएन । त्यो कुरा व्यवहार र सत्तामा बस्नेहरुको आइडियोलोजीमा ट्रान्सलेट हुनुपर्छ । बोलीमा मात्रै होइन, व्यवहारमा ती विषय उतारिनुपर्छ । कराउँदैमा लगानी नेपालमा आउने अवस्थामा छैन ।

सरकारले व्यवसायी धम्काउने काम शुरु गरेको भन्नु भयो कसरी ? 
गृहमन्त्रीलाई जे पनि गर्ने छुट छैन । व्यवसायीलाई धम्काउने हो नि । व्यवसायीले कानुन मिचेको भए कानुनी दायरामा ल्याउनुपर्छ । बिजनेसम्यान हुने बित्तिकै कानुनबाट पनि छुट पाउनुपर्छ भन्ने त छैन । गृहमन्त्रीले तर्साउने होइन । काम गर्ने वातावरण दिने हो । कसैले गैरकानुनी काम गर्न खोज्छ भने त्यसलाई नियन्त्रणमा लिनुपर्छ । जे पनि गर्न छुट छैन नि ?

यस्तो कुरा तपाईले भनिरहँदा प्रतिपक्ष तपाईकै पार्टी कांग्रेस चाहि के हेरि बसेको छ, त डा.साब ? 
संसदमा हाम्रो आकार घटेर बलियो छैन । नेतृत्वले जसरी बोल्न सक्नुपर्ने थियो त्यो नभएको सत्य हो । तरपनि हामी कराई राखेका छौं । तर सरकारले सुनेको छैन ।

शेयर बजारबारे तपाईले कतै नबोलेको देखिन्छ कारण चाहिँ के हो ? 
मैले कतिपय सन्दर्भमा बोलेको छु। लगानीकर्ताको बीचमा गएर पनि मैले आफ्ना धारणा राखेको छु । मैले बोल्दा २÷४ दिन शेयर बजारमा सुधार भएको थियो । मैले पटकपटक भनेको छु, बजार गिर्योम भनेर लगानीकर्ताले चिन्ता लिने होइन । शेयर किन्ने भनेकै घटेको समयमा हो । मैले त्यति भनिदिँदा बजारमा सुधार देखिएको थियो । मैले सबै कारणहरु बताएको छु । सधैँ यही अवस्था रहँदैन भनेर भनेको छु । आतंकित हुने र त्रसित हुनु हुँदैन भनेर भनेको छु ।

लगातार नेपालको शेयर बजार घट्नुलाई चाहिँ कसरी लिनुभएको छ ? 
जुन बखतमा शेयर बजार ह्वात्तै बढ्छ त्यतिबेला शेयर आपूर्ति बढाइदिने र जुन बखत बजारमा ठुलो गिरावट देखिन्छ शेयर किनिदिने उसको मुख्य दायित्व हो । यसले बजार उच्च वृद्धि र गिरावट दुवै हुनबाट जोगिन्छ ।

बजार त माग र आपूर्तिको चक्रमा हिँडेको हुन्छ । माग बढ्दा भाउ बढ्छ माग घट्दा भाउ घट्छ । त्यसकारण बजार आकासिन वा झर्नबाट जोगाउने संरचना चाहिन्छ । नि ।

कसरी सम्भव छ त डा.साब ? 
केही सहकारी संस्थाहरु जस्तै संचय कोषलाई ‘मार्केट मेकर्स’का रुपमा अघि बढाउनु पर्ने थियो । नागरिक लगानी कोष र म्युचुअल फण्डले पनि त्यो भूमिका खेल्नुपर्ने थियो । ती सबै सरकारकै लगानीमा छन् । त्यसकारण पनि बजारमा केही समस्या देखिएको हो ।

अर्थमन्त्री डा.युवराज खतिवडाका पछिल्ला विवादास्पद भनाईले नै शेयर बजार खरानी भएको हो त ? 
सत्य हो । नेतृत्वमा बस्नेहरुका कारणले बजारमा विश्वास देखिएन । अहिले वर्तमान अर्थमन्त्रीले पनि यसलाई अनुत्पादक लगानी भन्नुभयो जुन सरासर गलत हो। यो अनुत्पादक हुँदै होइन ।

उद्योगमा लगानी एउटाले मात्रै गर्ने होइन । लगानी गर्न पूँजी चाहिन्छ त्यसैका लागि प्राथमिक शेयरमार्फत बजारमा जाने हो । पूँजी बजारले नै लगानीका लागि रकम निर्माण गर्छ । तर बजारलाई नै अनुत्पादक भन्नु गलत हो । त्यसले पनि लगानीकर्ता निरुत्साहित भए र बजार लगातार तल गयो ।

किन नेपालमा विदेशी वा स्वदेशी लगानी नआएको होला डा.साब ? 
काम गरेर देखाउन सक्नुपर्छ नि । बोलेर मात्रै हुँदैन । अहिलेका पर्यटनमन्त्रीले १७ वटा ठुला जहाज पाँच वर्षमा किन्छु भनेको सुनेँ । आन्तरिक उडानका लागि थप २० वटा जहाज किन्ने भन्नुभएको थियो । मैले तुरुन्त ट्विट पनि गरेँ । भएको जहाज व्यवस्थापन भएको छैन। यिनीहरुले वार्षिक बचत कति गरेका छन् ?

वार्षिक आय कति छन् ? त्यसको विश्लेषण गर्नुपर्छ । ल्याइएका जहाज उडाउँदा महिनामा ३१ करोड घाटा भएको छ । सरकारका व्यक्तिहरु सबै त्यस्तै छन् । तीन वर्षमा रेल ल्याउने भन्थे अहिले पाँच हुँदै आठ वर्षमा ल्याउने भनिरहेका छन् । प्राविधिक अध्ययन, आर्थिक अध्ययन भएको छैन । त्यसै ल्याउने भनेर हुँदैन । यो गफ मात्रै हो । यसलाई लगानीकर्ताले पत्याउदैन् नि !

तपाईकै पालामा त लगानी आएको थियो नि अहिले किन आएन त ? 
सन् १९९० को दशकमा हामीले धेरै आर्थिक सुधारका कामहरु गरेका थियौँ । त्यसले लगानीको वातावरण बन्यो। ९० को दशकको १० वर्षमा नेपालको निर्यात–आयात अनुपात ५० प्रतिशत थियो ।

अहिले ६ प्रतिशतमा सिमित छ । कूल गार्हस्थ उत्पादनमा उत्पादन क्षेत्रको योगदान १० प्रतिशत थियो अहिले पाँच प्रतिशत छ । त्यसखबत लगानी आकर्षण गर्न कानुन बनाइयो । सरकार निजी क्षेत्रमैत्री थियो । त्यसले लगानीका लागि आश्वस्त पार्न सक्यो । राजतिलक साप्ताहिकबाट

8065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका