जोडिनुहोस
बिहिबार, मंसिर ६, २०८१
बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्सको खुद नाफा ४५%ले बढ्यो, खुद बीमा शुल्क आर्जन १ अर्ब ३६ करोड,बीमा कोषमा अर्बमाथि

नेको इन्स्योरेन्सको खुद नाफा ४५%ले बढ्यो, खुद बीमा शुल्क आर्जन १ अर्ब ३६ करोड,बीमा कोषमा अर्बमाथि

नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा प्रगति देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९२ करोड ८८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४६ दशमलव ४६ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

१ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ६८ करोड २३ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा १ अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ७२ करोड ७९ लाख रुपैयाँ थियो ।

समिक्षा अवधिमा कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४५ दशमलव ६० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २४ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले ४५ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३८ करोड २१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी १७ दशमलव ९० प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २ सय ३५ रुपैयाँ ५९ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४६.८८ गुणा रहेको छ ।

7445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका