जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकद्वारा भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

महालक्ष्मी विकास बैंकद्वारा भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

महालक्ष्मी विकास बैंकले रुपन्देहीको भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यसै क्रममा बैंकको भैरहवा शाखाले भीम अस्पताल र सिद्धार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा शाखाका प्रबन्धक गौतम गुप्ताले भीम अस्पताल आकस्मिक कक्षका इन्जार्ज सविता शर्मालाई सर्जिकल मास्क, सेनिटाइजर तथा पिउने पानीलगायतका सामाग्री हस्तान्तरण गरेका हुन्।

कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले यी सामाग्री उपलब्ध गराएको हो।

8120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका