जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे घुससहित नियन्त्रणमा

वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे घुससहित नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नायब सुब्बालाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगले वैदेशिक रोजगार विभाग, बुद्धनगर, काठमाडौंमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डेलाई ३० हजार रुपैयाँ घुस/रिसवतसहित नियन्त्रणमा लिएको हो ।

पाण्डेले बैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी आयोगमा परेको थियो । सोहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले पाण्डेलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ लिइसकेको अवस्थामा भेटिएका हुन् ।

पाण्डेलाई उनकै कार्यकक्षबाट मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेका आयोगले जनाएको छ ।

1980
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका