जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल बङ्गलादेश बैंकले गर्यो सरकारलाई रेम्डेसिभिर सहयोग

नेपाल बङ्गलादेश बैंकले गर्यो सरकारलाई रेम्डेसिभिर सहयोग

नेपाल बङ्गलादेश बैंकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशको आईएफआईसी बैंकसंग मिलेर आफनो संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत नेपाल सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग प्रदान गरेको छ ।

उक्त औषधि बङ्गलादेशका लागि नेपालका राजदूत बंशीधर मिश्रलाई ढाका स्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैकको संस्थापक आईएफआईसी बैंकको सहयोगमा बधबारमा हस्तान्तरण गरिएको थियो ।

साथै बङ्गलादेश सरकारले पनि थप ५ हजार भायल रेम्डेसिभिर औषधि सहयोग स्वरुप प्रदान गरिएको र उक्त औषधि बङ्गलादेश बाट नेपालका लागि पठाईसकेकोे छ । यसअघि पनि नेपाल बङ्गलादेश बैकले आफ्नो विदेशी संस्थापक बङ्गलादेशका आईएफआईसी बैंक र बङ्गलादेशको बेक्सीम्को फर्मास्यूटिकल कम्पनी संग मिलेर ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको थियो ।

बैकले सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ । हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएम बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

9610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका