जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कोरोना कहरबीच प्राइम, प्रभु र हिमालयन बैंकले नेपाल राष्ट्र बैकलाई चुनौती दिँदै उठाए सीमा भन्दा बढि पैसा ः राष्ट्र बैंक बेखबर ?

कोरोना कहरबीच प्राइम, प्रभु र हिमालयन बैंकले नेपाल राष्ट्र बैकलाई चुनौती दिँदै उठाए सीमा भन्दा बढि पैसा ः राष्ट्र बैंक बेखबर ?

नेपाल अहिले कोरोना भाइरसको महामारीसंग लडिरहेको छ भन्दा फरक पर्दैन यहि मौका र अवसर पारी नेपालका २७ वटा वाणिज्य बैंक मध्ये ३ वटा बैंकले नेपाल राष्ट्र बैंकलाई चुनौती दिँदै डिपोजिटकर्ताहरुसंग पैसा उठाएका छन् भन्दा पत्याउन गाह्रो होला तर, यो सत्य हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरलाई २०७७ असार मसान्तसम्म कुल निषेपमा तोकिदिएको सीमा मात्रै कल डिपोजिट उठाउन निर्देशन नै दिएको थियो ।

तर, प्रभु ग्रुपको ठूलो लगानी रहेको प्रभु बैंक लिमिटेड, हिमालयन सम्शेर राणा र खेतान ग्रुपको हिमालयन बैंक लिमिटेड र नेपाली समूदायको लगानीमा स्थापित प्राइम कर्मशियल बैंक लिमिटेडले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले दिएको निर्देशन विपरित कल डिपोजिट उठाएको तथ्य फेला परेको छ ।

भनिन्छ बैंकहरुले कल डिपोजिट लिँदा ठूला डिपोजिटकर्ताहरुसंग ब्याजदरमा मोलमलाई (दलाली) गरिन्छ । महंंगो ब्याज बैंहरुले दिएका हुन्छ्न । यसबाट शेयरधनी र प्रमोटरहरुले पाउने लाभाशंमा सिधै असर पुग्ने देखिन्छ । यसैलाई निरुत्साहित गर्न नेपाल राष्ट्र बैंकले डिपोजिट सीमा भन्दा बढि नउठाउन निर्देशन नै जारी ग¥यो । तर, ५ वटा वाणिज्य बैंकहले नेपाल राष्ट्र बैंकलाई नै चुनौती दिँदै कल डिपोजिट नियम र निर्देशन विपरित उठाएको देखिन्छ । कहाँ छ नेपाल राष्ट्र बैंक ? किन कारवाही अगाडी बडाउँदैन ? नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलज्यू ? यसको उत्तर हामी जस्ता निरिह शेयरधनलिाई अब तपाईलेनै दिने पो हो कि ?

नेपाल बैंकर्स संघ २७ वाणिज्य बैकहरुका सीइओ साबहरुकै छाता संस्था हो । यसैकै तथ्याङ्क हेर्दा ३ वटा प्रभु बैंक, प्राइम कर्मशियल बैंक, हिमालयन बैंकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको निर्देशन विपरित सीमा भन्दा अतिनै बढि कल डिपोजिट उठाएको देखिन्छ ।

भनिन्छ नेपाल राष्ट्र बैंकले कुल डिपोजिटको हिस्सा १० प्रतिशत मात्र कायम रहने गरि २७ वाणिज्य बैंकह्रुलाई कल डिपोजिट उठाउन भनेको देखिन्छ । तर, गत भाद्र मसान्तको ३ बैंकको तथ्याङ्क हेर्ने हो भने प्राइम, प्रमु, हिमालयन बैंकले कुल डिपोजिटको १० प्रतिशत हिस्सा भन्दा बढि कल डिपोजिट उठाएर नेपाल राष्ट्र बैंकलाई नै चुनौती दिएको देखिन्छ । अर्थमन्त्रीज्यू यो कस्तो बैंकिङ्ग हो ?

नेपाल राष्ट्र बैंककै तथ्याङ्क अनुसार भदौ मसान्तसम्म प्राइम कर्मशियल बैंकले १ खर्ब २५ अर्ब ६२ करोड रुपैया कल डिपोजिटबाट उठाएको भेटिएको छ । यो कल डिपोजिटको करिब १६ प्रतिशत हो । तर, नेपाल राष्ट्र बैंकले मात्रै १० प्रतिशत उठाउन सीमा नै तोकेको देखिन्छ । प्राइम बैंकले करिब २० अर्ब पैसा कल डिपोजिटबाटै उठाएको देखिन्छ ।

अर्को प्रभु ग्रुपको लगानी भएको प्रभु बैंक लिमिटेडले भाद्र मसान्तसम्म १ खर्ब ३४ अर्ब ९९ करोड कुल निक्षेपको पैसा उठाएको छ । त्यसका १८ अर्ब १५ करोड पैसा कल डिपोजिटबाट उठाएको भेटिएको छ । यो १४ प्रतिशत हाराहारी हो भन्दा फरक पर्दैन गर्भनर साब के यी दुई बैंकलाई तपाईले नेतृत्व गरेको नेपाल राष्ट्र बैकले जरिवाना र चेतावनीको कारवाही गर्दैन । यसको उत्तर हामी खोजी रहेने छौं । हेक्का होस्

अर्को हिमालयन सम्शेर राणा र खेतान ग्रुपको लगानीको बैंक हिमालयन बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकलाई चुनौती दिँदै १ खर्ब ३७ अर्ब रुपैया कुल निक्षेप उठाएको देखिन्छ । यस मध्ये १३ अर्ब ८२ करोड पैसा कल डिपोजिटबाटै जम्मा गरेको तथ्याङ्क फेला परेको छ । यो कुल डिपोजिटको ११ प्रतिशत भन्न सकिन्छ । गर्भनर साब यी ४ वटा चर्चित बैंकलाई कसले र कहिले जरिवाना र चेतावनी कारवाही गर्ने हो । यसको उत्तर अर्थमन्त्रीले दिने हो कि तपाईले हो ?

नेपाल राष्ट्र बैंक भनेको बैंक र वित्तिय संस्थाको पिता (बुबा) हो । हामीले बुझेको यहि हो । तर, बुबाले भनेको छोरोले कति मान्ने कति नमान्ने कुरा आ–आफ्ना होलान् । यसो भन्दैमा एउटालाई कारवाही अर्कोलाई छुट दिन मिल्दैन ।

यी चार बैंक जसले विगत लामो समयदेखि कल डिपोजिट सीमा विपरितमा पैसा उठाउँदै आएको तथ्य फेला परेको छ । तर, नेपाल राष्ट्र बैंक किन बोल्दैन । हामी यसको उत्तर खोजी रहने छौं ।

कलडिपोजिट भन्नाले के बुझिन्छ । त्यो पनि हेरौं । केही समयका लागि उठाउने पैसालाई कल डिपोजिट भनिन्छ । ठूलो समूह, घर घरानाहरुले बैंकहरुको आग्रहमा कल डिपोजिटका खाता खोलिन्छन् र तत्कालका लागि ठूलो डिपोजिट जम्मा गरिन्छ । ती डिपोजिटकर्ताहरुले ब्याज दरको मोलमोलाई गरि ठूलो ब्याज लिने गरिन्छ । यो बैंकिङ्ग नम्स भित्रको खराब परम्परा मानिन्छ ।

राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले टेलिफोनमा पंक्तिकारसंग भने एउटा महत्वपूर्ण कुरा के छ भने कल डिपोजिटरहरुलाई बैंक र वित्तिय संस्थाहरुले बढि महत्व दिनुका साथै बढि ब्याज समेत दिएको भेटिएको छ । यो गलत र नेपाल राष्ट्र बैंकको निर्देशन विपरित हो ।

निरिह र सर्वसाधारण निक्षेपकर्ताहरुलाई कल डिपोजिटका ठूला घरघराना र समूहका डिपोजिटकर्ताका कारण ठूलो मारमा पर्ने गरेको देखिन्छ । यो बैंकिङ्ग क्षेत्रको गलत र घिन लाग्दो कार्य हो भन्दा फरक पर्दैन । सचेत भया ।

11725
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका