जोडिनुहोस
मङ्लबार, माघ २१, २०८२
मङ्लबार, माघ २१, २०८२
  • होमपेज
  • बैंकिङ सेवा स्थगित गर्न नमिल्ने भन्दै सुरक्षित तवरबाट सेवा दिन बेंकवित्तलाई निर्देशन

बैंकिङ सेवा स्थगित गर्न नमिल्ने भन्दै सुरक्षित तवरबाट सेवा दिन बेंकवित्तलाई निर्देशन

राष्ट्र बैंकले बैंकिङ सेवा स्थगित गर्न नमिल्ने भन्दै सुरक्षित तवरबाट सेवा दिन बेंकवित्तलाई निर्देशन गरेको छ । बैंकिङ सेवा रोक्न नसकिने राष्ट्र बैंकले स्पष्ट पारेको हो ।

यसअघि प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं उपत्यकाभित्र बीमा र सहकारी क्षेत्रलाई सेवा स्थगित गर्न भनेपछि ती सेवा बन्द भइसकेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले अत्यावश्यक सेवाभित्र पर्ने बैंकिङ सेवा स्थगित गर्ने विषयमा सोच्न नसकिनेले बताएका छन् ।

नेपाल राष्ट्र बैंकले बैशाख १९ गते दिएको ७ बुँदे निर्देशनको आधारमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बैंकवित्तले सेवा सुचारु गर्नुपर्ने छ । प्रबक्ता ढकालका अनुसार यस अघिको निर्देशन अनुसार बैंकवित्तले काम गर्नुपर्ने छ ।

7720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका