जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अन्नपूर्ण केबलकारमा यात्रा गर्दा प्रभु बैंकका कर्मचारी र ग्राहकले छुट पाउने

अन्नपूर्ण केबलकारमा यात्रा गर्दा प्रभु बैंकका कर्मचारी र ग्राहकले छुट पाउने

पोखराको लेकसाइड सेदीबगरमा अवस्थित अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैंक लिमिटेड बीच केबलकार सेवामा प्रभु बैंकका ग्राहक र कर्मचारीलाई छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत छुट हुनेछ। यस्तै, बैंकका ग्राहक तथा क्रेडिट कार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत छुट प्रदान गरिनेछ।

अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंक लि.को तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

अन्नपूर्ण केबलकार प्रा.लि.पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवाप्रदान गर्दै आएको छ।

2570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका