जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • बैंकर्स संघले प्रदेशमा अक्सिजन प्लान्ट लगाउने

बैंकर्स संघले प्रदेशमा अक्सिजन प्लान्ट लगाउने

बैंकहरुको छाता संगठनले भारतबाहेकका मुलुकबाट सामान ल्याएर अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरेको छ।

भारतबाट ल्याउँदा ३/४ महिना लाग्ने र अन्य देशबाट ल्याउँदा २/३ सातामै आइपुग्ने भएकाले संघले अन्य देशबाट ल्याएर प्लान्ट स्थापनाको तयारी गरेको हो।

संघले सुरुमा वीर हस्पिटलमा प्लान्ट लगाउन खोजेको थियो। त्यहाँ चौधरी फाउण्डेसनलगायतले लगाउने भएपछि अब प्रदेशहरुमा लगाउने तयारी गरेको छ।

‘अहिले प्लान्टभन्दा पनि माग सिलिन्डरको धेरै आएको छ,’ संघका प्रमुख कार्यकारी अनिल शर्माले भने, ‘हाम्रो अनुमानमा अब सिलिन्डर लगभग पुग्ने अवस्थामा छ। अब प्लान्ट नै लगाउँदा उपयुक्त हुन्छ।’

संघले यसबारेमा आफ्ना २७ वटै सदस्य बैंकहरुसँग छलफल गरिसकेको छ। संघको प्रदेश र केन्द्रको कार्यालयमा आएको मागलाई अहिले एकीकृत गरेर प्राथमिकताका आधारमा कतै आइसीयु र भेन्टिलेटर बनाउने र केही ठाउँमा अक्सिजन प्लान्ट लाउने तयारी गरिरहेको छ।

8575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका