नेपाल लाइफको प्रतिनिधित्व गर्दै कम्पनीका विजनेस कोअर्डिनेटर युवराज धितालले विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल लाइफको झण्डा गाड्न सफल भएका छन् । धितालले सोमबार विहान ७ बजेर ४५ मिनेटमा सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका हुन् ।
नेपालको इतिहासमै अभिकर्ताहरुको तर्फबाट पहिलो पटक धितालले सगरमाथा चढ्न सफल भएका हुन् । रुकुम पश्चिम बाफिकोटका धिताल निजामती सेवामा कार्यरत छन् । उनी नापी विभागमा अमिनीको काम गर्दै आएका छन् ।
उनले नेपाल लाइफको प्रतिनिधित्व गर्दै नेपाल लाइफको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउन सफल भएका हुन् । राष्ट्र सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्न पाउदा गर्वले छाती चौडा भएको भन्दै धितालले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । सगरमाथाको सफल आरोहण पछि धिताल अहिले वेस क्यापमा आइपुगेका छन् ।
सामान्य परिवारका धिताललाई आफन्त साथि भाइ तथा इष्टमित्रहरुले सगरमाथा आरोहणका लागि आर्थिक सहयोग गरेका छन् । अभिकर्ता सँगै नेपाल लाइफले पनि धिताललाई सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।