जोडिनुहोस
सोमवार, मंसिर १०, २०८१
सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • सामाजिक सुरक्षा कोषमा ३३ बीमा कम्पनी सूचिकृत !!

सामाजिक सुरक्षा कोषमा ३३ बीमा कम्पनी सूचिकृत !!

सामाजिक सुरक्षा कोषमा ३३ वटा बीमा कम्पनीहरु सूचिकृत भएका छन् । कोषमा अझै ७ वटा बीमा कम्पनी सूचिकृत हुन बाँकी छ ।  ३३ वटा बीमा कम्पनी सूचिकृत भए पनि अधिकांस  बीमा कम्पनीले कर्मचारीको योगदान बापतको रकम भने बुझाएका छैनन् । कोषका अनुसार हालसम्म बीमा कम्पनीहरुका १५२८ जना कर्मचारीहरुले मात्रै योगदान गरेका छन् । उनिहरुले हालसम्म ४ करोड २१ लाख रुपैयाँ योगदान बापतको रकम भुक्तानी गरेका छन् । तर अझै पनि कतिपय बीमा कम्पनीहरु कोषमा आवद्ध हुन आनाकानी गरिरहेका छन् ।

कोषले बैंक, बीमा कम्पनी तथा अन्य वित्तीय संस्थाहरुलाई आकर्षित गर्न विभिन्न स्किमहरु सार्वजनिक गरेको छ । यसै क्रममा सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को पछिल्लो संसोधनले रोजगारदाता कम्पनी तथा श्रमिकलाई आकर्षित गर्न खोजिएको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले जानकारी दिए ।

सरकारले बजेट वक्तव्य मार्फत श्रमिकले सामाजिक सुरक्षा कोषमा चालु आर्थिक वर्षको जेठ र असार महिनाको योगदान बापतको रकम सरकारले नै बेहोर्ने घोषणा गरेको छ । यसै क्रममा कोषले आवद्ध नभएका कम्पनीहरुलाई समेत आकर्षित गर्ने उद्देश्यले यदि कुनै पनि रोजगारदाता कम्पनीले चालु आर्थिक वर्षको असार मसान्तभित्र सूचिकृत भइ बैशाख एक महिनाको योगदान बापतको रकम जम्मा गरेमा जेठ र असार महिनाको रकम सरकारले हालिदिने ज्ञवालीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारी तथा श्रमिकले तलबको २८.३३ प्रतिशत ६० वर्ष कटे पछि मात्रै पेन्सनको रुपमा पाउने व्यवस्थालाई संसोधन गरेको छ । सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ लाई संसोधन गर्ने क्रममा बृद्ध अवस्था सुरक्षा योजनालाई ब्रेक डाउन गरिएको ज्ञवालीले जानकारी दिए । अवदेखी निवृत्तभरण योजनामा २० प्रतिशत र अवकास सुविधा योजना अन्तर्गत ८.३३ प्रतिशत काटिनेछ । अव कर्मचारीले योगदानको २० प्रतिशत रकम अवकास हुने वित्तीकै निवृत्तभरणको रुपमा प्राप्त गर्नेछन् भने बाँकी ८.३३ प्रतिशत रकमबाट पेन्सको रुपमा आजिवन प्राप्त गर्न सक्ने छन् ।

कोषले श्रमिक तथा कर्मचारीलाई थप आकर्षित गर्न यहि असार मसान्तसम्म आवद्ध हुने रोजगारदाता कम्पनीका श्रमिकले यस योजना बापतको २८.३३ प्रतिशत रकम नै निबृत्ती भरणका रुपमा प्राप्त गर्न सक्ने गरि स्पेसल अफर सार्वजनिक गरिएको ज्ञवालीले जानकारी दिए ।

9135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका