जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • पौने तीन लाख पूर्वकर्मचारीको पेन्सन अब विद्युतीय हस्तान्तरणबाट सिधै खातामा

पौने तीन लाख पूर्वकर्मचारीको पेन्सन अब विद्युतीय हस्तान्तरणबाट सिधै खातामा

सेवा निवृत्त भएका पूर्व कर्मचारीको मासिक निवृत्तिभरण रकम अब विद्युतीय कोष हस्तान्तरणका माध्यमबाट सिधै व्यक्तिको खातामा हन्तान्तरण गर्न शुरु गरिएको छ । यससँगै अब पेन्सन नै बुझ्न बैंक तथा तोकिएको स्थान धाउनुपर्ने बाध्यता हटेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार आइतबारबाट यो प्रणाली शुरु गरिएको हो । महालेखा नियन्त्रक मधुकुमार मरासिनीले यो प्रणालीबाट निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ २ लाख ७६ हजार सेवा निवृत्त राष्ट्र सेवक कर्मचारी प्रत्यक्ष लाभान्वित हुने  बताए ।

विद्युतीय भुक्तानी शुरु भएपछि पारदर्शीतामा महत्वपूर्ण सफलता हाँसिल हुने मरासिनीको भनाइ छ । उनका अनुसार कार्यप्रक्रियामा सरलीकरण र सहजीकरणमा समेत सहयोग पुग्ने छ ।

निवृत्तभरण पाउने व्यक्तिले समेत अब छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त गर्नेछ । यो प्रणालीबाट निवृत्तभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम तोकिएको समयमै सम्बन्धित व्यक्तिको खातामा सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापन प्रभावकारी हुने विश्वास कार्यालयको छ ।

7105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका