जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • प्रभु क्यापिटलद्वारा हितग्राही खाताधनीलाई डिम्याट खाता नविकरण गर्न आग्रह

प्रभु क्यापिटलद्वारा हितग्राही खाताधनीलाई डिम्याट खाता नविकरण गर्न आग्रह

प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधनीहरुलाई डिम्याट खाता नविकरणको वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । क्यापीटलले एक सुचना जारी गर्दै यस्तो जनाएको हो ।

प्रभु क्यापिटल लिमिटेड तथा प्रभु बैंक लिमिटेडको शाखा कार्यालयहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही खाताधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ साउन १५ गतेसम्म उक्त शुल्क बुझाउन आग्रह गरेको हो ।

तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ । हितग्राहीहरुले प्रभु क्यापिटल लिमिटेड तथा प्रभु बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू तथा र कनेक्ट आइपीएस, इ सेवा, प्रभु पे, आइएमई पे,खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ ।

8465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका