जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • आजबाट सरकारी कर्मचारीको तलब २ हजारले बढ्यो

आजबाट सरकारी कर्मचारीको तलब २ हजारले बढ्यो

केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट आजबाट पूर्ण रुपमा लागू भएसँगै सरकारी कर्मचारीको तलब बढेको छ। अब कर्मचारीले साउनको तलब २ हजार रुपैयाँ बढेर पाउने छन्।

यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिँदै सरकारले तलब २ हजार रुपैयाँले बढाइदिएको थियो। जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब २ हजारले बढेको हो।

२ हजार तलब निजामतिबाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि बढेको हो।

सरकारले २ वर्षदेखि तलब सुविधा बढाएको थिएन। आजैबाट सामाजिक सुरक्षा भत्ता पनि बढेको छ। अब वृद्धवृद्धाले मासिक ४ हजार भत्ता पाउने छन्। सरकारले ३ हजारको भत्तालाई ४ हजार पुर्‍याएको हो।

4830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका