जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बैंकवित्तको खराब कर्जाको दर ५२ प्रतिशतले वृद्धि

बैंकवित्तको खराब कर्जाको दर ५२ प्रतिशतले वृद्धि

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा (एनपीएल) को दर बढ्ने देखिएको छ । तरलता अभावका साथै चर्को ब्याजदर, बजार महंगी, उपभोक्ताको क्रय शक्तिमा आएको ह्रास र औद्योगिक उत्पादनको कमीसँगै समग्र आर्थिक गतिविधिमै शिथिलता छाउँदा बैंक तथा वित्त कम्पनीहरुको लगानी समेत जोखिममा पर्ने देखिएको हो ।

अहिले बैंक तथा वित्तीय कम्पनीहरुले गरेका कर्जा लगानी फिर्ता हुन छाडेका छन् । नेपाल राष्ट्र बैंकको गत असोजको तथ्याङ्क अनुसार २६ वटा वाणिज्य बैंकहरुले ४४ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गर्दै ४२ खर्ब १९ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । जसमध्ये ७७ अर्ब २२ करोड रुपैयाँमाथिको कर्जा लगानी जोखिममा परेको छ । समीक्षा अवधिमा बैंकहरुको कुल कर्जा लगानीको १.८३ प्रतिशत लगानी जोखिममा रहेको राष्ट्र बैंकले जनाएको छ । जुन कोभिड कालको भन्दा पनि बढी हो ।

२०७७ असार मसान्तमा बैंकहरुको खराब कर्जाको स्थिति १.८१ प्रतिशत थियो । २०७८ असोजमा घटेर १.२३ प्रतिशतमा झरिसकेको बैंकहरुको खराब कर्जाको दर ठिक एक वर्षपछि बढेर पुनः १.८३ प्रतिशत पुगेको छ । जुन ४८.७८ प्रतिशतको वृद्धि हो ।

कात्तिक र मंसिर महिनामा यस्तो खराब कर्जाको दर बढेर २ प्रतिशत माथि पुगिसकेको छ । राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले तरलता अभावको खास कारण खराब कर्जा बढेको बताउनुभयो । लगानीको पैसा बैंकमा फिर्ता नहुने तर नयाँ निक्षेपमा भर पर्नाले तरलता अभावको समस्या झन् झन् गहिरिएको उहाँको भनाइ छ ।

बढ्दो आर्थिक शिथिलताका बाबजुद यस्तो खराब कर्जाको दर थप बढ्न सक्ने उहाँको भनाइ छ । अहिले खराब कर्जाको अन्तिम सीमा ५ प्रतिशत हो । बैंक तथा वित्त कम्पनीहरुले गरेको कुल लगानीको कम्तीमा ५ प्रतिशतसम्म खराब कर्जा भए त्यसलाई स्वाभाविक मानिन्छ । तर पछिल्लो समय जुन रफ्तारमा बैंक तथा वित्त कम्पनीहरुको खराब कर्जाको दर बढ्दो छ, यसले आधार सीमा नाघ्ने खतरा देखिएको छ ।

1190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका