जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • जोन्सन एण्ड जोन्सनको खोप आजबाट लगाइँदै

जोन्सन एण्ड जोन्सनको खोप आजबाट लगाइँदै

अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप लगाउन आज (सोमवार)बाट लगाइने भएको छ ।

अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।

यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ ।

काठमाडौंमा ४४ ओटा खोप केन्द्रबाट आजदेखि साउन ६ गतेसम्म उक्त खोप लगाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको आज स्थलगत निरीक्षण एवम् अनुगमन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीले काठमाडौं उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरुको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

6685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?