जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकले बिहीवारदेखि १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने

मुक्तिनाथ विकास बैंकले बिहीवारदेखि १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने

मुक्तिनाथ विकास बैंकले बिहीवारदेखि १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । जसमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ७ लाख ५० हजार कित्ता व्याक्तिगत तबरबाट विक्री गर्ने जानकारी गराएको हो ।

कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा ७ वर्ष सम्मको लागि ऋणपत्र निष्कासन गर्नेछ । यस ऋणपत्रमा आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम

५ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणलाई विक्री गर्ने कुल शेयरमध्ये २५ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुलाई छुट्याएको थियो ।

जसमध्ये १ हजार ५०० कित्ता बाँडफाँट गरेको कम्पनीले जानकारी गराएको छ । ७ वर्ष अवधिको ऋणपत्र खरीदका लागि छिटोमा साउन ११ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन २१ गतेसम्म ऋणपत्र विक्री खुला गर्ने मिति तय गरेको छ ।

कम्पनीले निष्कासन गर्ने ऋणपत्रलाई केयर रेटिङ नेपालले मध्यम कर्जा जनाउने केयर एनपी त्रिपल बी आईएस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा माध्यम रुपमा सुरक्षित मानिन्छ ।

उक्त ऋणपत्र खरीदका लागि विक्री प्रबन्धक सानिमा क्यापिटलसँगै आस्बा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

9645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका