जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नक्कली सामाजिक संजाल देखि होसियार रहन माछापुच्छ्रे बेंकको आग्रह

नक्कली सामाजिक संजाल देखि होसियार रहन माछापुच्छ्रे बेंकको आग्रह

पछिल्लो समय माछापुच्छ्रे बैंक लि.को नाममा नक्कली फेसबुक आइडी बनाएर म्यासेन्जर मार्फत ग्राहकसंग सम्पर्क गर्ने र विभिन्न जानकारीहरु माग गर्ने गिरोह सकृय भईरहेकोले सम्पूर्ण ग्राहक महानुभावहरुलाई सचेत रहन आग्रह गर्दै यो प्रेस बिज्ञप्ती जारी गरिएको छ ।

https://www.facebook.com/Macchapuchhre-Bank-107513404852143/  नामक फेसबुक पेज खोलेर म्यासेञ्जरमार्फत ग्राहकसँग च्याट गर्ने र विभिन्न जानकारी माग्ने लगायतका गतिविधि हुँदै आएको पाईएको छ ।

त्यसैले अनधिकृत सामाजिक संजाल मार्फत विभिन्न प्रलोभन देखाएर ओटीपी कोड, पासवर्ड, डेबिट तथा क्रेडिट कार्ड नम्बर, पिन नम्बर, सीभीभी आदि जस्ता जानकारी मागेको खण्डमा कहि कसैलाई पनि नदिनुहुन समपुर्ण ग्राहक महानुभावहरुलाई हार्दिक आग्रह गर्दछौँ ।

यस्तो प्रकारका कल तथा म्यासेजहरु आएको खण्डमा अथवा अन्य कुनै समस्या वा जिज्ञासा भएमा तुरुन्तै बैंकको ग्राहक सेवा केन्द्रको सम्पर्क नम्बर ०१ ५९७०५५५ मा सम्पर्क गर्नसमेत आग्रह गर्दछौँ ।

5995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका