जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंकको खुद नाफा ३० प्रतिशतले बृद्धि

नबिल बैंकको खुद नाफा ३० प्रतिशतले बृद्धि

देशको पहिलो विदेशी संयुक्त लगानीको बैंक नबिलले खुद नाफा ३० प्रतिशतले बढाएको छ। बैंकले ब्याज, कमिसनका साथै आफ्नो स्वामित्वमा रहेको सेयरहरुसमेत बेचेर नाफा बढाएको हो।

बैंकले सोमबार वित्तीय विवरण सार्वजनिक गर्दै गत आर्थिक बर्ष ४ अर्ब ५० करोड ४४ लाख रुपैयाँ खुदा नाफा गरेको जनाएको छ। राष्ट्र बैंकले नाफा नै प्रभावित हुने गरी असल ऋणमा १ प्रतिशतको प्रोभिजनिङलाई १.३ प्रतिशत नपुर्याइदिएको भए खुद नाफा अझै बढ्ने थियो।

यद्यपी अघिल्लो बर्षको तुलनामा प्रोभिजनिङ भने घटेकोछ। प्रोभिजनिङ २३ प्रतिशतले घटेर ६६ करोड रुपैयाँ मात्र गरेको छ।

बैंकले ऋण बिस्तार करिव ३४ प्रतिशतले गरेर खुद ब्याज आम्दानी १०.६४ प्रतिशतले बढाएको छ भने फी, कमिसन तथा छुट आम्दानी १९.७३ प्रतिशतले बढाएको छ। निक्षेप परिचालन १७.१२ प्रतिशत गरेको छ।

बैंकले ग्राहकलाई एक खर्ब ९८ अर्ब ऋण र निक्षेप परिचालन २ खर्ब २३ अर्ब गरेको छ। बैंकको आधार दर ७.३२ बाट ५.८५ प्रतिशतमा आएको छ। ब्याज स्प्रेड एकदमै थोरै बढाएको छ। ३.७३ प्रतिशतको स्प्रेडलाई ३.७९ प्रतिशत पुर्याएको छ।

बैंकको प्रति सेयर आमदानी ३३.४ रुपैयाँ छ। मूल्य आम्दानी अनुपात ४०.६९ गुणा छ।

6850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका