जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सेञ्चुरी बैंकको नाफा, खुद नाफा ७५ करोड रुपैयाँ

सेञ्चुरी बैंकको नाफा, खुद नाफा ७५ करोड रुपैयाँ

खर्च बढाउने निक्षेपमा उच्च बृद्धि एकातिर छ भने अर्कोतिर ऋण लगानी घटिरहेको छ- यही मूख्य कारणले सेञ्चुरी कमर्सियल बैंकको नाफामा ६.७७ प्रतिशतले गिरावट आएको छ।

बैंकको नाफा ८० करोड ४५ लाख रुपैयाँबाट घटेर ७५ करोड रुपैयाँमा खुम्चिएको छ। बैंकको खुद ब्याज आम्दानी ३ प्रतिशतले घटेको छ। यद्यपी फि, कमिसन तथा छुट आम्दानीमा भने ५२ प्रतिशतको बृद्धि छ। यसबाट बैंकलाई ३७ करोड ८१ लाख रुपैयाँ फाइदा भएको छ।

बैंकको प्रोभिजनिङ बढेको छ। प्रोभिजनिङ ३३ प्रतिशतले बढेर ५६ करोड ११ लाख रुपैयाँ पुगेको छ। बैंकको निक्षेप ४३ प्रतिशतले बढेर ९३ अर्ब ४९ करोडमा उक्लिएको छ। ऋण भने साढे २० प्रतिशतले घटेर ७८ अर्ब ९ करोडमा आएको छ। एक बर्षअघि ऋण ९८ अर्ब १५ करोड रुपैयाँ थियो।

बैंकको आधार दर ९.३८ प्रतिशतबाट ७.८ प्रतिशतमा आएको छ। ब्याज स्प्रेड दर पनि तुलनात्मक रुपमा निक्कै कम छ। बैंकले स्प्रेड ३.३८ प्रतिशतबाट ३.२६ प्रतिशतमा झारेको छ।

बैंकको प्रति सेयर आम्दानी एकल अंकमा छ। प्रति सेयर आम्दानी ८.३ रुपैयाँमा सीमित छ। मूल्य आम्दानी अनुपात ३५ गुणा छ।

6225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका