

निजि क्षेत्रको जीवन बीमा कम्पनी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले खुद मुनाफामा ४४ दशमलव ७० प्रतिशतले बढाएर ३१ करोड ३० लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको कम्पनीले नाफा २१ करोड ६३ लाख रुपैयाँ कमाएको थियो ।
कम्पनीको खुद बीमा शुल्क २९ दशमलव ६१ प्रतिशतले वृद्धि गरी २ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ भने खुद दाबी भुक्तानी २९ प्रतिशतले वृद्धि गरी ३९ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
१ अर्ब ७८ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा १ अर्ब २४ करोड ५४ लाख रुपैयाँ र जीवन बीमा कोषमा ८ अर्ब ९० करोड ५१ लाख रुपैयाँ राखेको छ । जसले आम्दानीमा ४१ करोड ९ लाख रुपैयाँ आर्जन गरेको छ भने खर्च ९ करोड ७८ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको कुल बीमाशुल्क हाल सम्म १५ अर्ब १४ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी कुल ५० करोड ७० लाख रुपैयाँ रहेको छ । कुल कायम बीमालेखको संख्या १६ लाख ८२ हजार २८ वटा र कुल दाबी भुक्तानी संख्या २ हजार ३५९ वटा रहेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी १७ दशमलव ५४ रुपैयाँ, प्रति शेयर नेटवर्थ १ सय ७६ दशमलव ७० रुपैयाँ र मूल्य आम्दानी अनुपात २५ दशमलव ०३ गुणा रहेको छ ।
सम्बन्धित समाचार
