जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • मर्जर कमिटीलाई खाइपाई आएको सेवा सुविधा नघटाउन हिमालयन बैंकका कर्मचारीको आग्रह

मर्जर कमिटीलाई खाइपाई आएको सेवा सुविधा नघटाउन हिमालयन बैंकका कर्मचारीको आग्रह

मर्जरपछि खाइपाई आएको सेवा सुविधा नघटाउन हिमालयन बैंकका कर्मचारीले व्यवस्थापनलाई पत्राचार गरेका छन् ।
नेपाल इन्भेष्टमेण्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको हिमालयन बैंकका कर्मचारीले तलबभत्ता, सेवा सुविधा नघट्ने गरी कर्मचारी व्यवस्थापन गर्न जोइट मर्जर कमिटीलाई आग्रह गरेका हुन् ।

 

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक १ः१ को अनुपातमा मर्जरको सम्झौता गरी राष्ट्र बैंकको एकिकृत कारोबार स्वीकृतिको पर्खाइमा छन् । भविष्यमा हुन गइरहेको मर्जरमा दुबै बैंकका सबै कर्मचारीहरु उत्साहित भएको भन्दै नै दुबै बैंकका कर्मचारीको खाइपाइ आएको सेवा सुविधा नघटाउने हिमालन बैंक कर्मचारी संघले व्यवस्थापनलाई पत्राचार गरेको हो ।

मर्जरको प्रारम्भिक सम्झौता गरेपछि बजारमा विभिन्न टिका टिप्पणी तथा विभिन्न सञ्चारमाध्यम कर्मचारकिो तलबभत्ता थपघटको चर्चा चलेपछि कर्मचारीहरुको मनबल घटेको संघले व्यवस्थापनलाई बुझाएको पत्रमा उल्लेख छ । बजार तथा सञ्चार माध्यममा आएका विषयलाई नकार्न नमिल्ले भन्दै दुबै बैंकका कर्मचारीलाई समान्ताको सिद्धान्त अनुसार व्यवहार गर्न संघले संयुक्त मर्जर कमिटीलाई भनेको छ ।

बैंकका कर्मचारीहरुको मनोबल नघटने बरु हौसला बृद्धि हुने गरी वार्ताहरु अघि बढाउन संघले आग्रह गरेको छ ।

4015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?